You are viewing the translated version of जनमत सङ्ग्रहसम्बन्धी प्रस्तावको प्रस्तुती.
Rule 21
जनमत सङ्ग्रहसम्बन्धी प्रस्तावको प्रस्तुती
(१) नियम २० को उपनियम (१) बमोजिम प्राप्त भएको जनमत सङ्ग्रहसम्बन्धी प्रस्ताव सात दिनपछि बसेको संयुक्त बैठकमा पेश गर्न सकिनेछ।
(२) जनमत सङ्ग्रहसम्बन्धी प्रस्तावको : विरोध गर्न चाहने सदस्यले जनमत सङ्ग्रहसम्बन्धी प्रस्ताव वितरण भएको पाँच दिनभित्र त्यसको सूचना महासचिवलाई दिनु पर्नेछ।
(३) जनमत सङ्ग्रहसम्बन्धी प्रस्तावको विरोधको सूचना प्राप्त भएकोमा विरोधकर्ता र प्रस्तावक / सदस्यलाई सभामुखले क्रमशः संक्षिप्त वक्तव्य दिन अनुमति दिनेछ। तत्पश्चात् सो प्रस्तावमाथि थप छलफल नगरी सभामुखले बैठकमा निर्णयार्थ प्रस्तुत गर्नेछ।
(४) उपनियम (३) बमोजिम निर्णयार्थ प्रस्तुत गर्दा बिरोधको सूचना संयुक्त बैठकबाट अस्वीकृत भएमा प्रस्तुतकर्ता सदस्यले जनमत सङ्ग्रहसम्बन्धी प्रस्तावमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत .गर्नछ। छलफलको अन्त्यमा प्रस्ताव प्रस्तुतकर्ता सदस्यले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनेछ।
(५) जनमत सङ्ग्रहको प्रस्तावमाथि सामान्य छलफल भएको एकसय बीस घण्टाभित्र सो प्रस्तावमाथि संशोधन पेश गर्न सकिनेछ।
(६) उपनियम (४) बमोजिमको प्रस्ताव पारित भएपछि सभामुखले जनमत सङ्ग्रहसम्बन्धी प्रस्ताव उपर छलफल गर्ने दिन र् समयावधी निर्धारण गर्नेछ।